युएस बंगला एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली स्वरुप म्युजिक भिडियो

बंगलादेश, नेपाल र श्रीलंकाका ‘म्युजिक आर्टिस्ट’हरुले युएस बंगला एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली गीत तयार पारेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको दुर्घटनामा परी ४९ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाएका प्रति श्रद्धाञ्जली स्वरुप ‘फायर अस्बेना’ टाइटलमा तयार पारिएको म्युजिक भिडियो भोलिबाट सार्वजनी हुने बंगला डेलीलाई उदृत गर्दै डेलीस्टारले बताएका छन् ।

बंगलादेशका गीतकार साहन कोबोन्धले लेखेको गीतलाई नेपालीमा प्रशद बाँस्कोटाले अनुवाद गरेका छन् । भने गीत कम्पोज र ट्युनिङ श्रीलंकाली कलाकारहरु राज र थिलिना बोरालेसाले गरेका छन् ।

गीतमा बंगलादेशी गायकहरु हृदोय खान र पोर्सी तथा नेपाली गायकहरु मेलिना राई र सोनुप पौडेलमा स्वर रहेको छ । हृदोयले फेसबुकबाट श्रद्धाञ्जी गीत तयार गरेको जानकारी दिएका छन् ।