दुर्घटनामा परिन बलिउड अभिनेत्री नताशा सूरी

बलिउड अभिनेत्री नताशा सूरी इन्डोनेशियामा दुर्घटनामा परेकी छिन ।

भारतीय मिडियाका अनुसार, बन्जी जम्पिङको क्रममा नताशाको शरीरमा बाँधिएको रसीबीचमै चुँडिएपछि उनी दुर्घटनामा परेकी हुन् । हाल उनलाई इन्डोनेसियाको एक अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था सामान्य रहेको र केही दिनमै डिस्चार्ज गरिने डाक्टरको भनाइ रहेको छ । उनी अभिनित फिल्म ‘बाबा बाबा ब्ल्याक शिप’ २३ मार्चमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।