ऐश्वर्याले छाडेपछी यी फिल्ममा करिश्मा कपुर

बलिउडकी निकै चर्चित नायिका हो ऐश्वर्या राय बच्चन । उनको सुन्दरता बलिउडमा उनको चर्चा पहिला जस्तो थियो अहिले सम्म पनि त्यहि छ, कुनै कमि आएको छैन । उनिसंगै काम गर्ने अर्की नायिका करिश्मा कपुर भने अहिले बलिउडबाट हराए सरह छिन ।

एक कार्यक्रममा अन्तरर्वार्ता दिने क्रममा ऐश्वर्याले भनेकी छन्, ‘मिस वल्ड बन्नुअघि नै यश चोपडाले डेब्यु गराउन चाहेका थिए भने मिस वल्ड बन्नुअघि धर्मेश दर्शनले पनि मलाई राजा हिन्दुस्तानीमा अफर गरेका थिए ।’ त्यसो त यश चोपडाले ‘मैने तो मोहब्बत कर ली’मा पनि प्रस्ताव गरेका थिए । जुन फिल्ममा पछी करिश्मा कपुरले अभिनय गरिन र पछी फिल्मको नाम पछि ‘दिल तो पागल है’ भयो ।

ऐश्वर्या मिस वल्ड भएको वर्षबाट मणिरत्नम र राजीव मेनन ऐश्वर्याको सम्पर्कमा आएका हुन् ।