यस कारण ‘ब्ल्याक प्यान्थर’ले कमायो अर्बो डलर

हलिउड फिल्ममा सबै भन्दा धेरै कमाई एक अरब डलरभन्दा बढी ‘ब्ल्याक प्यान्थर’ले गरेको छ । निकै उत्कृष्ट सावित भएको यो डिज्ने मार्वल युनिभर्सको पाँचौ फिल्म हो ।

फिल्ममा वकाडा नामको एउटा काल्पनिक अफ्रिकी देश रहेको छ । जसमा अभिनेता चाडविक बोजम्यान देशको अपराधसँग लड्ने एक शाशकको भूमिकामा देखिएका छन् । भने फिल्ममा यो देशलाई सबैभन्दा धेरै आधुनिक प्रविधिको प्रयोग गर्ने देशको रुपमा देखाइएको छ ।

निर्देशक रेयान कुगलर निर्देशित फिल्ममा ओस्कार विजेता लुपिता न्योगो, माइकल बी जोर्डन तथा डेनियल कलुयले मुख्य भूमिका निर्वाह गरेका छन् ।

बक्स अफिसका विश्लेषक जेफ बाकले न्यूयोर्क टाइम्समा बताएका छन्, ‘ब्ल्याक प्यान्थरलाई हेरर अब कसैले भन्न सक्दैनन् कि काला कलाकारहरुको फिल्म चल्दैन भनेर । ब्ल्याक प्यान्थर विश्वमै उत्कृष्ट कमाइ गर्ने फिल्म बनेको छ ।’

फिल्म रिलिजको २६ औँ दिनमानै यसले एक अरब कमाई गरेको थियो ।
हर्नुहोस ट्रेलर: