गर्भवती नायिका निशा अधिकारीलाई भेट्न क्रिकेटर शरद भेषवाकर पुगे अमेरिका

नायिका निशा अधिकारी यतिबेला अमेरिकामा बस्छिन । उनि अहिले गर्भवती छिन र अमेरिकामा रहेकी उनी आफु गर्भवती रहेको फोटोहरु सामाजिक संजालमा पोस्ट पनि गरिरहन्छिन । यसैक्रममा उनका श्रीमान् तथा क्रिकेटर शरद भेषवाकर उनलाई भेट्न अमेरिका पुगेका छन् ।

सोमबार बेलुकी नेपाली राष्ट्रिय क्रिकेट टोलीसँगै नेपाल नर्फकिई दुबइसम्म क्रिकेटरको टोलीमा सहभागी भएर त्यहाँबाट भने अमेरिकातिर लागेका हुन् । नीशा अमेरिकामा पुगेको ३ महिना भैसक्दा पनि नफर्किएपछि शरद आफै अमेरिका पुगेका हुन् ।

निशाले अमेरिकामा नै सन्तानलाई जन्म दिने तयारी गरेकी त होइनन् भन्ने चर्चा चलचित्र बजारमा चलिरहेको बेला शरद पनि अमेरिका पुगेका हुन् । नेपाली चलचित्रका केहि कलाकारले अमेरिकामा नै सन्तानलाई जन्म दिएर त्यहीँको नागरिकता पाउने परम्परालाई निशाले पनि निरन्तरता दिन त खोजेकी होइनन् भन्ने लगायतका प्रश्नहरु उनले पोष्ट गरेका तस्विरपछि उत्पन्न भएका छन् ।