आमा बनेपछि कस्तो भूमिकामा अभिनय गर्न चाहन्छन, यी अभिनेत्री

बलिउडका वास्तविक जीवनमा आमा बनिसकेका अभिनेत्रीहरु आमा बनेपछि फिल्ममा पुनःआउने चलन सरह हो ।

नब्बेको दशकको कयौं अभिनेत्री जसले विवाहपछि आमा बनेसँगै फिल्म क्षेत्रबाट टाडिने गर्थे । भने आजभोलि आमा बनेको केहि समय पछी पुर्न फिल्म क्षेत्रमा फर्कन्छन ।

रवीना टण्डनको रिलिज भएको फिल्म मातृ पनि एक यसको उदाहरण हो । यसमा माधुरी दीक्षित देखि ऐश्वर्या राय जस्ता कयौं हिरोइनको सहभागीता रहेको थियो ।

आमा बनिसकेका अभिनेत्रीहरु अहिले फिल्ममा उनीहरुको वास्तविक जीवनमा मिल्ने खालको भूमिका निर्वाह गर्न चाहन्छन् ।

यसै क्रममा अभिनेत्री ऐश्वर्या रायले एक कार्यक्रमको अन्तर्वार्तामा बोल्दै भनेकी छिन, आमा बनेपछि आमाको भूमिकामा फिल्म खेल्दा वास्तविक अभिनय गर्न सकिन्छ ।

आज भन्दा लगभग ४० दशक पहिला हिन्दी फिल्मका कयौं हिरोइनले आमा बनेपछि पनि पुन उत्कृष्टताका साथ फिल्ममा कम व्याक गरेका थिए तर आज भोलि भने त्यस्तो देखिदैन किन ?

विभिन्न आलोचकहरुका अनुसार , पछिल्ला समय सामाजिक सञ्जालको व्यापकता र चर्चाका कारण पनि आमा बनेकाहरु फिल्ममा कम व्याक गर्न सकिरहेका छैनन् ।

जस्तो उदाहरणका लागि करिना आमा बनेपछि सवैतिर चर्चामा आइन  र दर्शकको दिमागमा पनि उनी आमा भएको विचार बस्छ र फिल्म निर्माताले पनि उनीहरुलाई आमाको रुपमा नै पेश गर्न मन पराउँछन् ।