दीपा र हरिबहादुरको स्टेज रोमान्स

नेपाली फिल्मी उद्योगमा यतिखेर बहु प्रतिक्षित बनेको फिल्म ‘शत्रुगते’ प्रदर्शनको तयारिमा रहेको छ । प्रचारप्रसारलाई मध्यनजर गर्दै मोफसल टुर सकेर अब फिल्म प्रदर्शनको लागि केही दिन मात्र बाकी रहेको छ । फिल्ममा दीपा श्री निरौला र हरिबंश आचार्य जोडिको रुपमा देखिदैछन ।

मह सञ्चार र कलाकार किरण केसीको सहकार्य रहेको फिल्ममा रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कसांकार, दिपकराज गिरी, दिपाश्री निरौला र शिवहरी पौडेल निर्माताको रुपमा रहेका छन् । कथा हरिवंशकै हो भने मल्टीस्टार फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गरेका छन ।

‘शत्रुगते’ चैत्र ९ बाट प्रदर्शनमा आउने तयारिमा रहेको छ । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दिपकराज गिरी, दिपाश्री निरौला, प्रियंका कार्की, शिवहरी पौडेल, पल शाह, आँचल शर्मा, बसुन्धरा भूषाल, किरण केसी, राजाराम पौडेल, अञ्जु महर्जन, राजु भुजु, रबि शर्मा, मोहितवंश आचार्य र नरेन्द्र कसांकर लगाएत कलाकारहरुको अभिनय रहेको छ ।