किन अटाएनन पोस्टरमा प्रियंका, अनुपबिक्रम र सविन: प्रदीप खड्का र जसिता गुरुङको मात्र फिचरिङमा’लिलिबिलि’को पोस्टर सार्वजनिक

वर्षकै बहुप्रतिक्षित फिल्म बनेको छ ‘लिलिबिली’ । कारण गीत/संगीत, मल्टीस्टार, निर्देशक र निर्माण टिमका ।

फिल्ममा समावेश २ गीत र फिल्मको ट्रेलर भने पहिलानै सार्वजनिक भइसकेको छ । यसै क्रममा चैत ३० बाट प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ‘लिलिबिली’को ३ पोस्टर सार्वजनिक भएको छ ।

सार्वजनिक तिनै पोस्टरमा प्रदीप खड्का र जसिता गुरुङको मात्र फिचरिङ रहेको छ । फिल्ममा यी दुइका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेता पनि अन्य कलाकारहरु भने पोस्टरमा समावेश छैनन ।

काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्म ‘लिलिबिली’मा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी रहेको छ ।