तीव्ररुपमा आलोचन, माधुरीको गीत ‘एक दो तीन’ को नयाँ भर्सनको

केहि दिन अगाडीमात्र फिल्म ‘बागी २’ अन्तर्गत रहेको माधुरीको गीत ‘एक दो तीन’ को नयाँ भर्सन सार्वजनिक गरिएको छ । जसमा  मोहिनी बनेर जैकलीनले ठुम्का लगाएकी छिन ।
फिल्म बागी २ मा राखीएको यो गीतमा जैकलीनले माधुरी जस्तो मोहिनीको रुपमा नदेखीएकी , उनले यो गीतलाई न्याय दिन नसकेको र माधुरीको बेइज्जत गरेको लगाएतका गीतले नकारात्मक प्रतिक्रियाहरु पाइरहेको छ ।

सोशल मीडियामा अहिले यो गीतको निकै आलोचना भइरहेको र फिल्म बागी २ का निर्माताको समेत आलोचना भइरहेको छ  । साथै माधुरिका फ्यानहरुले जैकलीनको यो डान्सलाई बक्वास समेत भनेका छन् ।