गुलशन कुमारकी बुहारी दिब्या खोलसा पुर्न बलिउडमा फर्किदै

बलिउड नायक गुलशन कुमारकी बुहारी दिब्या खोलसा पुर्न बलिउडमा फर्किने भएकी छिन । भारतीय संचारमाध्यम अनुसार, उनलाई अहिले केहि फिल्ममा अभिनय गर्ने अफर आइरहेको र अहिले उनि फिल्मको स्क्रिप पढिरहेकी छिन ।

दिब्याको आफ्नै निर्देशनमा बनेको फिल्म ‘सनम रे’मा आइटम डान्स गरेकी उनि सामाजिक संजालमा पनि सक्रिय देखिन्छिन । उनले इस्टाग्राममा धेरै राम्रा राम्रा फोटोहरु समेत शेयर गरिरहन्छिन ।

म्युजिक भिडियोबाट अभिनय सुरुवात गरेकी दिब्याले फिल्म ‘अब तुम्हारे हवाले वतन साथियो’मा डेब्यु गरेकी छिन । फिल्ममा उनी अक्षयको अपोजिट भुमिकामा रहेकी थिन ।