‘तिमी सँग’को टाइटल गीत सार्वजनिक

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको अभिनय रहेको फिल्म ‘तिमी सँग’को टाइटल गीत सार्वजनिक भएको छ । बुधवार काठमाण्डौमा पत्रकार सम्मेलन गरि सो गीत सार्वजनिक गरेको हो ।

प्रेम ,बिछोडको कथा समेटेर बनाईएको फिल्ममा शिशिर राणाको लेखन, निर्माण तथा निर्देशन रहेको गीतको छायांकन अन्नपुर्ण बेस क्याम्प स्थित गरिएको छ । गीतको भिडियो साम्राज्ञी राज्यलक्ष्मी र आकाश श्रेष्ठ निकैनै रोमान्टिक मूडमा देखिएका छन् । भने फिल्ममा साम्राज्ञीका अलावा नाजिर हुसेन, अनुपम श्रेष्ठ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
फिल्म चैत्र २३ बाट देशब्यापी रुपमा प्रर्दशनमा आउने तयारीमा रहेको छ ।