बलिउड अभिनेत्री जया पदा नेपालमा,पशुपतिनाथको गरेकी थिन भाकल !

बलिउड अभिनेत्री जया पदा मंगलबार नेपाल आएकी छिन् । पशुपतिनाथको पुरानो भाकल भएको हुदा उनि भाकल पूरा गर्नको लागि नेपाल आएकी हुन् ।

नेपाल आएलगत्तै उनले पशुपति क्षेत्र विकास कोषमा पुगेर पूजाविधिका बारेमा जानकारी लिएकी छिन् । उनले बलिउडमा संघर्ष गर्दा सफलताका लागि पशुपतिको भाकल गरेकी र सो भाकल पूरा गर्नका लागि अहिले उनि काठमाडौं आएकी पशुपति क्षेत्र विकास कोषका सदस्य राजु केसीले बताएका छन् ।

आज पशुपति क्षेत्रको अवोलोकन, भ्रमण गर्ने र भोलि बिहान विशेष पुजा गरेर आफ्नो देश फर्कने केसीले जनाएका छन् ।