श्रीदेवीको ‘शिद्दत’मा माधुरी दीक्षित

श्रीदेवीकी छोरी जान्हवी कपुरले इन्स्टाग्राममा श्रीदेवी र माधुरी दीक्षितको तस्वीर राख्दै श्रीदेवीले खेल्ने भनिएको फिल्म ‘शिद्दतमा’ माधुरी दीक्षित लिड रोलमा देखिने भएको जानकारी दिएकी छिन् ।

उनले इन्स्टाग्राममा लेखेकी छिन् ‘अभिषेक वर्मनको यो फिल्म आमाले निकै मन पराउनुभएको थियो । यो उत्कृष्ट फिल्मको हिस्सा बनेकोमा बुवा, खुशी र म माधुरीजी प्रति हृदयदेखि नै आभारी छौं ।’

करन जोहरको प्रोडक्सनमा निर्माण भइरहेको यो फिल्ममा अभिषेक वर्मनको  निर्देशन रहने छ ।