नायिका श्रेया शरनले गरिन विवाह

तेलेगु फिल्मकी चर्चित नायिका श्रेया शरनले आफ्नो लामो समयदेखिका रसियन प्रेमी आन्द्रेइ कोसचेभसँग  विवाह गरेकी छिन ।

भारतीय मिडियाका अनुसार, पारिवारिक समारोहका बिच श्रेयाको विवाह सम्पन भएको छ । सो विवाहमा पारिवारिक सदस्य र साथीहरुमात्र सहभागी भएका थिए । भने विवाहमा श्रेयाका छिमेकी तथा बलिउडका मनोज बाजपेयी र उनी पत्नी सबानाको पनि उपस्थिति रहेको थियो ।

श्रेयाले भारतिय हिन्दु परम्परा अनुसार १२ मार्चमा मुम्बईस्थित लोखण्डवालामा रहेको आफ्नो घरबाट विवाह गरेकी छिन् ।