सुटिङको क्रममा घाइते भइन आलिया

बलिउडकि चर्चित नायिका आलिया भट फिल्मको सुटिङको क्रममा घाइते भएकी छिन । सुटिङको क्रममा उनलाई मंगलबार दाहिने पाखुरा र काँधमा चोट लागेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

उनी ‘ब्रम्हास्त्र’ फिल्मको सुटिङको दौरानमा घाइते भएकी हो । हाल फिल्मको सुटिङ बुल्गेरियामा भइरहेको छ । घाइते आलियालाई डाक्टरले १५ दिन आराम गर्ने सल्लाह दिएको छ ।