गायक डम्वर विश्वकर्माको “भाग्य लेख्ने भावी ”सार्वजनिक (भिडियो सहित)

मालती डिजिटल प्रालीको प्रस्तुतिमा परदेशी भुमीमा रहेर पनि नेपाली लोकदोहोरी क्षेत्रमा योग्दान पुयाउने डम्बर विश्वकर्माको लोकदोहोरी एल्बम “भाग्य लेख्ने भावी ” युटुव मार्फत बजारमा सार्वजनिक भएको छ । गायक डम्वर विश्वकर्मा र गायिका पुर्णकला विसीको आवाज गीत रहेको छ । माया प्रेममा आईपर्ने विछोडको चित्कारलाई गीतमा समावेश गरिएको छ । मायाको सपनामा भौतारिएर विछोडको अवस्थामा आइपर्ने युवायुवतीको जिवन कथा गीतमा रहेको छ । भाग्य लेख्ने भावीलाई दोष गायिकाले दिएकी छन । युवा युवती विचको मायाको वार्तालापलाई निकै मार्मिक रुपमा ममता खत्री र टेकेन्द्र शाहले शव्द सिर्जना गरेको छ । ज्यादै मार्मिक गीतलाई रामु खड्काले लय सिर्जना गरेका छन । राजेश घिमिरले छायाँकन गरेको भिडियोलाई अमर शाक्य ले सम्पादन गरेका छन । भने टिना श्रेष्ठ र विमल अधिकारीको अभिनय रहेको सो गीतलाई कपिल लामाले निर्देशन गरेका हुन् ।

हेर्नुहोस भिडियो;