धोका दिनेलाई ठाउँ छैन: कंगना रनावत

बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत उनि बलिउडकी प्रस्ट वक्ताका रूपमा पनि चिनिन्छिन् । उनि कुनै पनि विषयमा नहिच्किचाइ बोल्ने गर्छिन । केहि समय अघि उनले एक कार्यक्रममा अन्तर्वार्ता दिएकी थिन, जसमा उनले केहि व्यक्तिगत सम्बन्धहरुको बारेमा यसरी भनेकी छिन, ‘मैले अहिलेसम्म कसैलाई पनि चरित्र हत्या गर्ने प्रयास गरेको छैन ।’ उनले ऋतिक रोशनसँगको सम्बन्धबारे पनि कुरा गरेकी थिन ।

कंगनाले भनिन्, ‘मेरा केही अफेयर्स थिए । हरेक सम्बन्ध टुटेपछि म सोच्थें, मेरो अन्तिम प्रेम यही नै रहेछ ।’ उनको भनाइअनुसार ‘प्रेम केवल शारीरिक सम्बन्धका लागि मात्रै हैन । मेरो लागि प्रेम आध्यात्मसँग जोडिएको एउटा साधन हो,’ । उनको भनाइअनुसार उनलाई कतिले अर्काको चरित्र हत्या गराउने प्रयास गरेको भनी आरोप लगाए । कंगना दाबीका साथ भन्छिन्, ‘मैले कसैको पनि चरित्र हत्या गरेको छैन ।’ उनलाई धोका दिनेमध्ये कतिपय पुनः सम्बन्ध कायम गरौं भन्दै नआएका पनि होइनन्, उनले मानिनन् ‘धोका दिनेलाई ठाउँ छैन भन्दै पठाएकि थिन ।’