रिहानाको एक आलोचना ८३ अर्बको घाटा स्न्यापचाटलाई

चर्चित गायिका रिहानाले स्न्यापचाटको आलोचना गर्दै जारी गरेको वक्तव्यका कारण कम्पनीले ८३ अर्ब रुपैयाँ घाटा व्यहोरनु परेको थियो ।

उनको आलोचनात्मक वक्तव्यका कारण कम्पनीको शेयर मार्केटमा ४ प्रतिशतले घटेको हो । जसको कारण कम्पनीको बजार मूल्यमा ८० करोड डलरको नोक्सान भएको थियो ।

स्न्यापच्याटमा एउटा विज्ञापन देखिएको थियो जसमा प्रयोगकर्तालाई ‘रिहानालाई थप्पड हान्ने’ वा ‘क्रिस ब्राउनलाई मुक्का हान्ने’ दुई विकल्प दिइएको थियो ।

सन् २००९ मा प्रेमसम्बन्धमा रहेका बेला ब्राउनले रिहानामाथि हातपात गरेका थिए ।
सोहिसमय रिहानाले आफ्नो इन्सटाग्राम एकाउन्टमा स्न्यापच्याटको सो विज्ञापनको आलोचना गरेकी थिइन् ।

इन्सटाग्राम एकाउन्टमा उनले लेखेकी थिन, ‘स्न्यापच्याट, तिमी मेरो सबैभन्दा प्रिय एप होइनौँ । तर, यो गडबडी केको लागि । म यसलाई अज्ञानता भन्न चाहन्छु तर तिमी यति सारो मुर्ख पनि छैनौँ । तिमीहरु घरेलु हिंसाका पीडितहरुलाई गिज्याउने र मजाक बनाउने विज्ञापनमा पैसा खर्च गर्दैछौ । लाज शरम छैन ।’

साथै स्न्यापच्याटले पनि सो विज्ञापन गलत भएको र बिज्ञापनको बारेमा आफुलाई थाहा नभएको साथै विज्ञापन कसरी आयो भन्ने विषयमा अनुसन्धान शुरु गरेको बताएका थिए ।

यसअघि काइली जेनरले पनि स्न्यापच्याटको नयाँ डिजाइनको आलोचना गरेका थिए । सो आलोचन गर्दा उनको कम्पनीको शेयर ६ प्रतिशतले खस्केको थियो । जसका कारण कम्पनीलाई १.३ अर्ब डलर घाटा व्यहोरनु परेको थियो ।