यी कलाकारहरु जसले बलिउडमा प्रवेश गर्दा पाएका थिए पहिलो पारिश्रमिक २५ रुपैयाँ देखि ३५ हजार सम्म

बलिउड कलाकारहरु भन्न साथ जो कोहीलाई पनि यो लाग्ने गर्छकी यिनीहरुले करोडौ कमाउने गर्छन। अहिलेको कुरा गर्ने हो भने यो कुरा सत्य हो। तर तपाईहरुलाई विश्वास नलाग्ने अर्को कुरा के छ। भने यिनीहरुले बलिउडमा प्रवेश गर्दा कति पारिश्रमिक लिएका थिए त। आज हामी तपाईहरुलाई बलिउडका केहि यस्ता कलकारहरुको बलिउड प्रवेश गर्दाको पारिश्रमिकको बारेमा बताउने छौ। जुन सुनेर तपाईहरुलाई एकछिन विश्वास गर्न गारो हुनेछ। बलिउडका यी कलाकारहरु जसले बलिउडमा प्रवेश गर्दाको पहिलो पारिश्रमिक २५ रुपैयाँ देखि ३५ हजार सम्म रहेको छ ।

ऋतिक रोशन
ऋतिक रोशन ६ वर्षको हुदाँ उनलाई फिल्म ‘आशा’ मा काम गर्ने अवसर प्राप्त गरेका थिए र उनले त्यहाँ पारिश्रमिक १०० रुपैयाँ पाएका थिए।

आमिर खान
आमिर खानले फिल्म ‘पारानोय’ मा सहायक निर्देशकको रुपमा काम गरेका थिए र त्यहाँबाट उनले पहिलो पारिश्रमिकको रुपमा एक हजार प्राप्त गरेका थिए।

शाहरुख खान
शाहरुख खानले पंकज उधासको एक गजल कार्यक्रममा मानिसहरुलाई सिट व्यवस्था गर्ने काम गरेका थिए। उक्त कामको पारिश्रमिकको रुपमा उनले मात्र ५० रुपैयाँ पाएका थिए।

रिचा चड्ढा
१२ वर्षको हुदाँ रिचा चड्ढाले दूरदर्शन च्यानलको लागि एक प्रस्तुति दिएकी थिईन। उनले त्यस बापत २०० रुपैयाँ र एक साडी पनि पाएकी थिईन।

अर्जुन कपूर
अर्जुन कपूरले फिल्ममा अभिनय गर्नु अगाडी सहायक निर्देशकको रुपमा काम गरेका थिए। उनले पहिलो पारिश्रमिकको रुपमा ३५ हजार पाएका थिए।

सोनम कपूर
सोनम कपूर आफ्नो करियरको सुरुवाती दिनहरुमा सिङ्गापूरमा वेट्रेसको काम गर्थिन्। त्यस पछि सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’ बाट उनले सहायक निर्देशकको रुपमा काम सुरु गरेका थिए। यसबाट उनले तीन हजार रुपैयाँ पाएका थिईन ।