मरिश्का पोखरेल दोधारमा !!

काठमाडौँ- प्रतिक्षित चलचित्र ‘लाम्फु’को नँया गीत सार्वजनिक भएको छ। सोमबार दोधारमा परे बोलको गीत युब्त्युब मार्फत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा कबिर खड्का र मरिश्काको साथमा आयान खड्का र सन्तोष कार्की फिचरिंग भएका छन दुर्गा खरेलको सुमधुर स्वरमा सजिएको उक्त गीतमा नरेश भट्टराईको शब्द, अर्जुन पोखरेलको संगीत तथा शिब बिकेको कोरियोग्राफी रहेको छ।

गोपालचन्द्र लामिछाने निर्देशित चलचित्र ‘लम्फू’बाट नव-नायक कबिर खड्काले डेब्यू गरेका हुन् । कबिर सहित यो चलचित्रमा सलोन बस्नेत, मरिश्का पोखरेल, चाँदनी शर्मा, आयान खड्का, सन्तोष कार्की, सञ्जित भण्डारी, कुशाग्र भट्टराई,तरकारीवालीको नामले चर्चित कुशुम श्रेष्ठ लगायतको अभिनय रहेको छ । तरकारीवाली उर्फ कुशुमले पनि ‘लम्फू’बाट नै चलचित्रमा डेब्यू गरेकी हुन् ।’लम्फू’ले एक युवाको जीवनमा आईपर्ने अकल्पनिय घटनाहरु प्रस्तुत गर्छ । यो चलचित्र समय र परिस्थितिले मानिसलाई नायक र खलनायक दुबै बनाउछ भन्ने कथामा बनेको निर्देशक लामिछानेले बताए ।