हाम्रो सम्बन्ध आपसी समझदारी हो:रणवीर सिंह

बलिउडका चर्चित नायक रणवीर सिंहले दीपिका पादुकोणसँगको सम्बन्ध आपसी समझदारीमा टिकेको बताएका छन्।
केहि समय पहिला मात्र उनका नजिकका साथीले उनीहरुको ब्रेकअप हुने आशंका गरेर थिए। तर हालै मुम्बईमा आयोजित एक कार्यक्रममा रणवीरलाई दीपिकासँग विवाह कहिले गर्ने भन्ने प्रश्न सोधिएको थियो। उनले जवाफ दिदै भने- ‘हाम्रो सम्बन्ध आपसी समझदारीको हो। उनी उदाउदो कलाकार हुनुका साथै उनले बाजिराव मस्तानी, गोलियो की रासलिला रामलिला र पद्मावत लगाएतको फिल्ममा को एक्टरका रुपमा उनले मलाई निकै सहयोग गरेकी छिन। साथै उनले मलाई राम्रो मानिस बन्नमा पनि धेरै मदत गरेकी छिन । म भाग्यमानी ठान्छु कि उनी मेरो जीवनमा छिन्।’
एती सबै भन्न भियाएका रणवीरले उनीहरुको विवाहकोबारेमा भने आफ्नो मुख खोलेनन्। यिनीहरुको विवाहको  हल्ला भने सबैमा जानकारी रहेको कुरा हो।