‘मिस एण्ड मिसेस फिटनेश २०१८’को ताज १८ बर्षिया एलिना जिसीलाई

१२ प्रतिस्पर्धीलाई पछि पार्दै बिरौटा पोखराकी १८ बर्षिया एलिना जिसीले ‘मिस एण्ड मिसेस फिटनेश २०१८’को ताज जित्न सफल भएकी छिन । साथै उनले वेष्ट फोटोजेनिक अवार्ड पनि प्राप्त गरेकी छिन । एलिनाले क्राउनका साथै ५० हजार नगद र अन्य विभिन्न गिफ्टहरु पनि प्राप्त गरेकी छिन ।

नारीहरुको नेतृत्व विकास, ब्यक्तित्व विकास, आत्मविश्वास बृद्धि र सामाजिक क्रियाकलापमा अग्रसर गराउने उद्देश्यका साथ सेपअप जुम्बाको आयोजना तथा एस.टी. क्रियशनको व्यवस्थापनमा होटल पोखरा ग्रान्डमा सम्पन्न प्रतियोगितामा १७ बर्षीया चाँदनी पुनले फस्ट रनरअपसँगै मोस्ट सपोटिभ टाईटल र २२ बर्षीया इच्क्षा मल्लले सेकेण्ड रनर अपको उपाधिसँगै वेस्ट पर्रफमेन्सको टाईटल सहित प्राप्त गरेका छन् । फस्ट रनरअप चाँदनीले उपाधिका साथमा पच्चीस हजार नगद र सेकेण्ड रनर अप इच्क्षाले पन्ध्र हजार नगद समेत प्राप्त गरेका छन् ।

सञ्चारकर्मी सुरज थापाको कोरियोग्राफी र सौरभ थापाको सह कोरियोग्राफीमा सम्पन्न भएको कार्यक्रममा नृत्य, गायन, तथा हास्य जस्ता प्रस्तुतिले दर्शकलाई निकै आकर्शित बनाएका थियो । सञ्चारकर्मी तथा मेन मिडियाका निर्देशक संजोग बस्याल, बरिष्ठ जुम्बा प्रशिक्षक जिन तमन्ना गुरुङ, मिसेस तीज तथा सञ्चारकर्मी रोजी श्रेष्ठ, सञ्चारकर्मी तथा मन्जरी ग्रुपका अध्यक्ष बिशाल एच आले र मिसेज गण्डकी निलिमा हिराचन श्रेष्ठ लगायतले प्रतियोगिताको निर्णाय गरेका थिए ।