रुसबाट नेपाल आएको तीन युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा

कैलाली जिल्लाको गोदावरी धामस्थित सोभियत रुसबाट आएको भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधना गर्न थालेका छन् ।

रामनवमी पर्वको नवरात्र शुरु भए संगै आइतबारदेखि पहेँलो कपडा लगाएर उनीहरु भगवानको साधनामा लागेका छन् ।

भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएका छन् ।

तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको र्स्थानिय वासिन्दाले बताएका छन् ।