२४ घण्टामा ८ लाख भन्दा धेरै कमाउने हास्य कलाकार ब्रम्हानन्दम

साउथ इन्डियन फिल्मका हरेक पर्दामा छाउने हास्य कलाकारलाई अन्तर्गत पर्दछन ब्रम्हानन्दम ।

ब्रम्हानन्दमलाई नराखी निर्देशकहरुले फिल्मनै बनाउँदैनन् भन्दा पनि फरक नपर्ला । हरेक साउथ इन्डियन फिल्मका निर्देशक उनलाई फिल्ममा राख्न चाहन्छन । सायद निकै कम फिल्म होलान जसमा उनको अभिनय नभएको । ब्रम्हानन्दमले हजार भन्दा धेरै फिल्म खेलिसकेका छन् ।

सबैलाई जान्ने इच्छा हुनसक्छकी यस्ता अभिनेताको कमाई कतिहोला ? अभिनय सँगसँगै ब्रम्हानन्दम कमाइ पनि राम्रै रहेको छ । उनले २४ घण्टामा ८ लाख भन्दा धेरै कमाई सकेका छन् ।

परिवारको एक मात्र एम ए गरेका सदस्य ब्रम्हानन्दम कलेजमा साथीहरुलाई निकै हसाउ थिए ।

एक तामिल डाइरेक्टरले उनलाई फिल्ममा खेल्ने अवसर दिएका थिए । त्यस पछी उनको कामबाट प्रभावित भएर निर्देशकले उनलाई दोस्रो फिल्ममा पनि अवसर पनि दिए । त्यस पछी ब्रम्हानन्दमले निकै चर्चा बटुलेर अहिले उनि हरेक निर्देशकको रोजाईमा अन्तर्गत पर्दछन । उनले थुप्रै अवार्ड र सम्मानहरु पनि पाएका छन् ।