प्रेस मिटमा अभिनेत्री आँचल शर्माले उल्टो थर्काईन पत्रकारलाई

फिल्म शत्रु गतेबारे जानकारी दिन राखिएको प्रेस मिटमा अभिनेत्री आँचल शर्मा ठाडै झुट बोलेकी छिन् । उनले ६ महिनाअघि आफैंले एक अन्तरवार्तामा भनेको कुरालाई भनेकै छैन भनेर जिद्दी गरिन् ।

यतिमात्र होइन उनले प्रश्न सोध्ने पत्रकारलाई लै ‘सिल्ली क्वेशन’ (मूर्ख प्रश्न) सोधको भनेर उल्टै रिसाइन् । उनले ६ महिना पहिले एक अन्तरवार्ताको क्रममा आफूले मदिरा पिउनुपर्ने दृश्य भए त्यो स्क्रिप्ट (फिल्म) नै नगर्ने बताएकी थिइन् । शत्रु गतेमा भने उनले मदिरा पिएको दृश्य छ ।

यही विषयमा उनलाई प्रश्न सोध्दा उनले आफूले ‘मदिरा पिउनुपर्ने दृश्य भए स्क्रिप्ट नै गर्दिन’ भनेर नभनेको दावी गरिन् । उनले प्रश्न सोध्ने पत्रकारलाई नै उल्टै फिल्मको ‘टेक्निकल’ कुरा थाहा छ कि छैन ? भनेर प्रतिप्रश्न गरिन् । यतिमात्र होइन आँचलले आफूलाई रिस उठाएर युट्युबको लागि ‘क्याप्सन’ खोजेको आरोपसमेत लगाइन् ।

उनले आफूले ‘किस सिन’ र ‘बेड सिन’ नगर्ने भनेर भनेको तर ‘ड्रिंक सिन’ नगर्ने भनेर भन्दै नभनेको दावीसमेत गरिन् । उनले पटक पटक आफ्नो पुरानो अन्तरवार्ता फेरि हेर्न भनिन् । र पटक पटक नै आफूले ‘ड्रिंक सिन’ नगर्ने नभनेको दावी गरिरहिन् ।

भिडियोमा हेर्नुहोस् उनले पहिले के भनेकी थिइन् र अहिले आफैले भनेको कुरा गर्दै नगरेको भनेर उल्टै रिसाइन् ।