उपचारका लागि इफरान लन्डन बसाई सर्दै

उपचारका लागि लन्डन पुगेका बलिउडका चर्चित नायक इरफान केहि समयको लागि त्यहि बस्ने भएका छन् । इरफान र उनकी पत्नीले भारतीय डक्टरसँग उपचारका लागि सहमति जनाए साथै उनको उपचार लन्डनमा रहँदै आएका भारतिय डाक्टरको निगरानीमा हुने भएको छ । इरफान खानको स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा न्युरोइन्क्रिन ट्युमर भएको रिपोर्ट आएको थियो ।

श्रोतका अनुसार, ‘इरफानलाई उनको नजिकका डाक्टरले परीक्षण गरिरहेका छन् । साथै तत्काल रोगले उनलाई कुनै ठूलो असर नपर्ने र त्यसलाई नियन्त्रण गर्न सकिने बताएका छन् ।’

इरफान खान र दीपिका पादुकोणका साथमा फिल्म बनाइरहेका विशाल भारद्वाजले तत्काललाई फिल्मको कार्य रोकेका छन् । इरफान र दीपिका दुवै अस्वस्थ भएकाले फिल्म रोकिएको उनले बताएका छन् । इरफानलाई सीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनलाई ठीक भएपछि मात्रै काम अगाडि बढाउने समेत बताएका छन् ।