‘बन्दीपुरे नानीको आउँछ झ–झल्को’ चाडैनै बजारमा

पहिलो पटक गायक–गायिका दाजुबहिनी सुजन गुरुङ र अनु गुरुङको स्वरमा ‘बन्दीपुरे नानीको आउँछ झ–झल्को’ बोल गीतको म्युजिक भिडियो चाडैनै बजारमा आउने भएको छ ।
दाजुबहिनीको स्वर रहेको गीतमा उनीहरुलाई कौरा गीतमा नाम कमाएका गायक दुर्गा गुरुङ र गायिका बबिता गुरुङले साथ दिएका छन् ।

गायक सुजनकै संगीत रहेको गीतमा शब्द चन्द्र परियार र एरेन्जमेन्ट दुर्गा गुरुङको रहेको छ । भने प्रसन गुरुङको निर्देशन रहेको गीतमा गायक-गायिका सोएम दुर्गा गुरुङ, कुष्ण गुरुङ र संगीत गुरुङको प्रमुख अभिनय रहेका छ ।