जितेन्द्रमाथि लागेको यौनशोषणआरोपको छानबिन रोक्न उच्च अदालतको आदेश

बलिउड अभिनेता जितेन्द्रमाथि लगाइएको यौनशोषणको आरोपमाथि भइरहेको छानबिनमा भारतको उच्च अदालतले तत्कालका लागि रोक लागेको छ ।

न्यायाधीस अजय मोहन गोयलले जितेन्द्रको तर्फबाट एफआइआरलाई रद्द गर्न माग गर्दै दायर गरेको याचिकाको प्रारम्भिक सुनुवाई पछि यो आदेश दिइएको छ ।

जितेन्द्रविरुद्ध उनकै आफ्नो फुपुको छोरीले ४७ वर्षअघि भएको घटनालाई लिएर यौनशोषणको आरोप लगाएकी हो ।

जितेन्द्रसँग फिल्मको सुटिङ हेर्नको लागि सिमलागएको बेला सोहि मौकाको फाइदा उठाउँदै जितेन्द्रले त्यहाँको होटलमा उनको यौनशोषण गरेको खुलाशा उनले गरेकी छिन । साथै पहिला बुवाआमा जीवित रहेको हुदा उनले यो कुराको खुलाशा गर्न नसकेको र अहिले आमाबाबुको मृत्यु पश्चात मात्र उनले यो कुराको खुलाशा गरेको समेत बताएकी छिन ।