प्रेमले विवाहको रुप लिन नपाउदै रणवीर सिंह र दिपिकाको ब्रेकअप

बलिउडका चर्चित स्टार रणवीर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा निकै चल्ने गर्छ । साथै अब चाडैनै यिनीहरुको विवाह हुने हल्ला बाहिरिए संगै अर्को कुराको पनि खुलाशा भएको छ कि, उनीहरुबीच ब्रेकअप हुन सक्ने सम्भावना रहेको छ ।

यि दुईका नजिकका साथी तथा निर्देशक–निर्माता करण जौहरले धेरै समय टाढा रहँदा उनीहरुबीच ब्रेकअप हुन सक्ने आशंका गरेका छन् । हालै करण एउटा रेडियो स्टेशनमा आरजे बनेका थिए । यही शोको एक भाग रिभर्स र्यापिड फायरमा करणले दिपिका र रणवीरबारे यस्तो खुलासा गरेका हुन् ।

करणसँग शोमा एक स्रोताले सोधेका थिए ‘यस्तो कुन जोडी छ जसको ब्रेकअप लामो समय टाढा रहेकै कारण हुन सक्छ ?’ जवाफमा करणले दिपीका रणवीरको नाम लिँदै  ‘यस्तो लाग्छ यी दुई सधैं सँगै हुनुपर्छ । यिनीहरुलाई जतिबेला पनि एक अर्काको आवश्यकता पर्छ ।’भनेका थिए ।

केही समय अघिमात्र दिपिका र रणवीरले यही वर्ष बिहे गर्ने चर्चा चलेको थियो । तर उनीहरुका प्रवक्ताले भने यो कुरा गलत भएको बताएका छन् । रणवीर र दिपिका ५ वर्षदेखि प्रेममा छन् । उनीहरु गोलियों की रासलिला रामलिलाको सुटिङका बेलाबाट नजिकिएका थिए ।