लोकेन्द्र शाही र टिका पुनको सुमधुर आवाजमा ‘ चैतेदशैँ मेलामा’ सार्वजनिक(भिडियो सहित)

नेपालमा मनाइने विभिन्न चाडपर्वहरु मध्य चैते दशैँको पनि आफनै प्रकारको विशेषता रहेको छ । यसै पर्वको चर्चा परिचर्चा गदै मेलामा मायालु जोडीको अभिब्यतिलाई समेटिएको गीत भैरव कालिका म्युजिक प्रालीको प्रस्तुतीमा दिपक नेपाली र राम सुवेदीको पहिलो लोकदोहोरी गित ‘चैते दशैँ मेलामा ’ सार्वजनिक भएको छ । चर्चित गायक लोकेन्द्र शाही र गायिका टिका पुनको आवाजमा सजिएको उक्त गीतलाई दिपक नेपालीले शब्द संकलन गरेका हुन भने राम सुवेदीले संगित भरेका छन । आफुले संगितको क्षेत्रमा थोरै मात्रामा भएपनि आफनो कला र सस्कृतिलाई बचाउनको लागी निरन्तर रुपमा लागि परेको गायक लोकेन्द्रले बताएका छन् ।
काजिश श्रेष्ठको निर्देशन तथा किरण चौसियारको छायांकन तथा दिपक विष्टको सम्पादनमा गीतको म्युजिक भिडियो बजारमा आएको हो । भिडियोमा काजिश श्रेष्ठ र करिष्मा ढकालको अभिनय रहेको छ ।
हेर्नुहोस् भिडियो: