प्रिया प्रकाशलाई फिल्ममा लिन दुई फिल्म निर्माताबीच विवाद,कसको पक्ष्यमा गर्लिन त प्रिया प्रकाशले निर्णय

आँखा झिम्क्याएको २६ सेकेन्डको भिडियो सामाजिक सञ्जालमा आउनसाथ  रातारात स्टार बनेकी प्रिया प्रकाशको करियर चम्किँने क्रममा छ। यतिबेला बलिउडका अधिकांश फिल्म निर्माता प्रिया प्रकाशलाई आफ्नो फिल्ममा लिन चाहन्छन्। भारतीय संचारमाध्यमका अनुसार, बलिउडका दुई फिल्म निर्माताबीच प्रिया प्रकाशलाई आफ्नो फिल्ममा लिनका लागि हानाथाप गरिरहेका छन्।

चर्चित फिल्म निर्माता करण जोहर र साजिद नाडियाडवालाबीच प्रिया प्रकाशलाई आफ्नो फिल्ममा लिन यी दुईबीच युद्ध चलेसरह भएको छ। करण प्रियालाई ‘स्टुडेण्ट अफ दि इयर–२’ मा लिन चाहन्छन्। भने साजिद उनलाई अकै फिल्मका लागि लिन चाहन्छन्। यस्तो अवस्थामा प्रिया प्रकाशले कसको पक्ष्यमा  के निर्णय गर्छिन।, थाहा पाउनका लागि भने केहि समय कुर्नु पर्नेछ । यतिबेला आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाशलाई सबैले आआफ्नो तरिकाबाट प्रयोग गर्न खोजेका छन्।

संचारमाध्यमका अनुसार प्रिया प्रकाशले अहिलेसम्म कुनै पनि बलिउड फिल्म निर्माताको प्रस्तावलाई स्वीकार गरेकी छैनन्। यस्तो अवस्थामा उनको बलिउडको यात्रा कसरी सुरु हुन्छ, त्यो हेर्न भने केहि समय लाग्ने छ। प्रिया प्रकाश मलयालम फिल्म ‘ ओरु अदार लव’ बाट ग्लामरको दुनियामा प्रवेश गरेकी छिन, उनको यो फिल्मको टिजर पनि सार्वजनिक भइसकेको छ। जसको कारण उनि निकै चर्चामा आएकी थिन।