जापानमा प्रर्दशन हुदै फिल्म ‘शत्रु गते’

यस वर्षकै बहुप्रतिक्षित मानिएको फिल्म ‘शत्रु गते’ आगामी अप्रिल ८ तारिखरमा जापानको राजधानी टोकियोस्थित नाकानो जिरो हलमा ए-वान इन्टरटेन्मेन्टबाट प्रदर्शनमा आउने भएको छ ।

फिल्मको प्रिमियर शोका लागि नायक पल शाह र निर्माता एवं कलाकार किरण केसी जापान जाने इन्टरटेन्मेन्टका निर्देशक कृष्ण लामाले बताएका छन् ।

नायक पल शाह र किरण केसीको भिषा प्रक्रियाको कार्य भने भइरहेको छ । फिल्म टोकियोसहित नागोया, फुकुओका, सिजोओका, गुन्मा, तोचिगी, ओकिनावा लगायतका स्थानमा प्रदर्शन हुने छ ।
फिल्म ‘शत्रु गते’ चैत ९ बाट देशव्यापी रुपमा प्रर्दशनमा आउदैछ ।