फिल्म अमेरिका बोइज को टिजर सार्वजनिक(भिडियो सहित)

नेपाली फिल्म अमेरिका बोइजको टिजर सार्वजनिक भएको छ। सीबर्ड्स पिक्चर्स र बडी इन्टरटेनमेन्टको ब्यानरमा प्रकाश भुजेल र इन्द्र प्रशाद खरेलले निर्माण गरेको यो फिल्मको कार्यकारी निर्माता समिर खरेल हुन् भने सह निर्माताका रुपमा अनुप थापा यमुना खरेल र राज के.सी रहेका छन्।

प्रवेश पौडेलले निर्देशित फिल्ममा अर्पन थापा, सुनिल थापा सन्दिप छेत्री, हरिहर शर्मा, कामेश्वोर चौरासिया, अभय बराल, आसिश प्रसाई, श्रीस्टी कार्की, सारदा गिरी, रश्मि भट्ट, रमा थपलिया, सुबाश गजुरेल, राजु खरेल, मनिष राउत लगायतका कलाकारहरुको अभिनय रहेको छ।

फिल्मको कथा स्क्रीनप्ले र सम्बाद बिबेक पाण्डे, छायाङ्कन आलोक शुक्ला, सम्पादन निमेष श्रेष्ठको
रहेको छ। फिल्ममा दिपक आर जे र जयन जे वाईवाको रहेको छ। सम्राट बस्नेतको द्वन्द निर्देशन रहेको यस फिल्मको कोरियोग्राफर सुनिल छेत्री र नेपाली ठिटोजले गरेका हुन् । फिल्म जेठ १८ देखी देशव्यापी रुममा प्रर्दशनमा आउदै छ।
हेर्नुहोस् टिजर: