‘मंगलम’ दोश्रो सातामा पनि हाउसफुल

फागुन २५ बाट देशैभर प्रदर्शनमा आएको चलचित्र ‘मंगलम’ ले दर्शकको उत्साहजनक साथ पाउदै दोश्रो सातामा प्रवेश गरेपछि पनि राम्रो साथ पाईरहेको छ । चलचित्रले सिंगल थियटरहरुमा मात्र नभएर मल्टिप्लेक्सहरुमा समेत दोश्रो सातामा प्रदर्शन प्रवेश गरेको छ । दोश्रो सातामा पनि चलचित्रको क्रेज अझ उस्तै रहेको छ ।
शनिबार आज पनि चलचित्र ‘मंगलम’ युनिट राजधानीका मुख्य हलहरु गोपीकृष्ण, अस्टनारायण, र गंगा हल पुगेका थिए । हलमा फिल्मका निर्देशक नबल नेपाल, निर्माता छबि ओझा, नायिका शिल्पा पोखरेल, नायकद्वय पुष्पल खड्का, र पृथ्बी राज प्रसाई, वितरक गोपाल कायस्थ, लगायत पुगेका थिए ।

दोश्रो सातामा पनि दर्शकको निकै राम्रो साथ पाउदा फिल्म युनिट निकै हर्षित समेत भएका थिए । राजधानीको गोपीकृष्ण हल, अस्टनारायण हल, गंगा हलमा सिनेम्याक्स नेपाल टिभी युनिट पुग्दा चलचित्र हेर्ने दर्शकको चाप निकै थियो, अर्थात् फिल्मीशैलीमा भन्नुपर्दा दर्शक हलमा हाउसफुल थिए ।
फिल्म हेरर निस्केका दर्शकसंग हामीले कुराकानी गर्दा निकै राम्रो फिल्म बनेको भन्दै कलाकारको खुलेरै तारिफ समेत गरेका थिए । फिल्मलाई सबै पुस्तका दर्शकले निकै मन पराएका छन्, । फिल्म हेरर निस्केका दर्शकले फिल्म हेरीरहदा आफुहरु रोएको फिल्मले समाजमा नै भैराख्ने सामाजिक कथाबस्तु लाई पारिबारीक तरिकाले प्रस्तुत गरेको ले फिल्म निकै राम्रो बनेको बताएका थिए ।
निर्देशक नबल नेपाल निर्देशित फिल्मलाई दिजेन्द्र शाक्य, शाकार ओझा, र ओम गुरुङले संयुक्त रुपमा निर्माण गरेको फिल्मलाई दर्शकले निकै राम्रो साथ दिई रहेका छन् । छबिराज प्रोडक्सन बाट निर्माण भएका यस अघिका फिल्महरु सिंगल थियटर बाहेक मल्टीप्लेक्समा प्रदर्शन हुने गरेको थिएन । ‘मंगलम’ ले भने प्रदर्शन अगाबै मल्टीप्लेक्समाहरुमा शो पाएको थियो भने प्रदर्शन भएपछि झन् शो बढाएको थियो ।