पूनम पाण्डे र बलिउडकी मोडल नताशा स्तानकोभिकका साथमा भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ

बलिउडमा हटफोटोहरुको कारण चर्चामा रहने पूनम पाण्डे र बलिउडमा काम गरिरहेकी सर्बियन मोडल नताशा स्तानकोभिकका साथमा भैरहवामा क्यासिनोको ग्रान्ड ओपनिङ गरिएको छ ।

भैरहवामा खुलेको टाइगर प्यालेस रिसोर्टको ग्रान्ड ओपनिङमा शुक्रबार नताशाले पफर्मेन्स रहेको थियो । भने शनिबार पूनम पाण्डेले लाइभ पफर्मेन्स दिएकी छन् ।

रुपन्देही तिलोत्तमा नगरपालिका–१७ कोटिहवामा अस्ट्रेलियाको कम्पनी सिल्भर हेरिटेज ग्रुपको ५ अर्ब २० करोड रुपैयाँ लगानीमा यो रिसोर्ट खोलिएको हो । रिसोर्टको लागि १५ बिघा तथा रिसोर्ट भवनको लागि दुई बिघा क्षेत्रफल समेटिएको छ ।

रिसोर्ट सिल्भर हेरिटेज चेनअन्तर्गत सञ्चालन हुनेछ । र रिसोर्ट निर्माणको काम अमेरिकाको हार्वर्ड बिजनेस स्कुलका स्कलर ह्यु होल्म्सले हेरेका हुन् ।