फिल्म डमरुको डण्डीबियो’को ‘तितेपाती तितेपाती झ्याप झ्याप झ्याप’ बोलको गीत  सार्वजनिक (हेर्नुहोस भिडियो)

प्रतिक्षित फिल्म डमरुको डण्डीबियो’को पहिलो गीत सार्वजनिक गरिएको छ। शुक्रबार काठमाडौँमा  पत्रकार सम्मेलन गराउदै फिल्मका निर्माण टिमले ‘तितेपाती तितेपाती झ्याप झ्याप झ्याप’ बोलको गीत  सार्वजनिक गरेको हो ।कालीप्रसाद बाँस्कोटाले  स्वर र संगीत भरेको  उक्त गीतमा शब्द काली प्रसाद, एकतारे र हर्क साउदको रहेको छ।

समृद्दी इन्टरटेनमेन्टको ब्यानरमा  निर्माण भएको फिल्ममा  नोर्बु छिरिङ घले र विनोद गुरुङको  लगानी रहेको छ । फिल्ममा खगेन्द्र लामिछानेको लेखन, हरि हुमागाईंको छायाँकन, निमेष श्रेष्ठ र प्रितम पाण्डेको सम्पादन रहेको छ ।

बैशाख २१ गतेबाट प्रदर्शन हुने ‘डमरुको डण्डीबियो’मा खगेन्द्र लामिछाने, मेनुका प्रधान, बुद्दी तामाङ, अनुप बराल, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा, मिश्री थापा, इंगि होपू कोइंच सुनवार, नमिता घिसिङ लगायतका कलाकारको अभिनय छ ।

भिडियो हेर्नुस: