दर्जन भन्दा बढि चलचित्रकर्मीहरुको उपस्थितीमा ​सुविधा सम्पन्न स्टुडियो रिङ संचालनमा

फिल्मको प्राविधिक कार्यका लागि धमाधम स्टुडियोहरु नयाँ खुल्ने क्रममा अर्को एउटा स्टुडियो संचालनमा आएको छ । उच्च प्रविधीको जडान सहित सुविधा सम्पन्न स्टुडियो रिङ संचालनमा आएको हो । ललितपुरको रिङगरोड एकान्तकुनामा स्टुडियो रिङलाई निर्माता तथा संगीतकर्मी दिपक रमणले संचालनमा ल्याईएको हो ।
स्टुडियो रिङ संचालनको लागि दिपकसँगै दिवाकर खड्का, लोक बहादुर शाक्य, गंगा खड्गी र राजकुमार महर्जनले सहकार्य गरेका छन् । स्टुडियोमा गीत संगीतका सबै काम देखी फिल्मको डविङ र पोष्ट प्रोडक्शनको सबै काम हुने संचालक दिपक रमणले बताएका छन् । स्टुडियो रिङलाई बरिष्ठ चलचित्रकर्मी तथा गीतकार चेतन कार्की र बरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनमा केही गीत रेकडिङ सहित स्टुडियो संचालनमा ल्याईएको हो । कार्यक्रममा दर्जन भन्दा बढि चलचित्रकर्मीहरुको उपस्थिती रहेको थियो । स्टुडियो रिङ एकान्तकुनामा रहेको गायत्री पेट्रोल पम्प नजिकैको विष्णुदेवी मार्गमा पर्ने दिपक रमणकै घरमा रहेको छ । दिपक रमणले फिल्म बाजी, मन परेपछि लगायत निर्माण गरेका हुन् ।