६ वर्षमा जया र अमिताव को सम्पत्ति पाँच सय करोडबाट एक हजार करोड:यानिकी दोब्बर कसरी

बलिउडका महानायक भनेर चिनिने अमिता बच्चनले बलिउडलाई धेरै हिट फिल्महरु दिएका छन् । यसै क्रममा उनका फ्यानहरुको लागि यो चासोको बिषय बन्न सक्छकी, यी महानायक सँग कति सम्पति रहेको छ त,? आउनुहोस आज हामी तपाईहरुलाई महानायक बच्चनको सम्पति कति रहेको छ त त्यसको बारेमा जानकारी दिने छौ ।

भारतको राज्य सभा सदस्यका उम्मेदवार जया बच्चनले गत साता आफ्नो मनोनयन दर्ता गरे सँगै सम्पत्तिको विवरण पनि बुझाएकी छिन ।

उनले बुझाएको विवरणअनुसार ६ वर्ष भित्रमा जया र अमिताव को सम्पत्ति पाँच सय करोडबाट एक हजार करोड पुगेको छ । यानिकी ६ वर्षमा दोब्बर, उनीहरुसँग चार सय ६० करोडको अचल सम्पत्ति रहेको छ जुन सन् २०१२ को भन्दा दोब्बर हुन जान्छ । त्यतिखेर १ सय ५२ करोड बराबरको अचल सम्पत्ति थियो भने चल सम्पत्ति ३ सय ४३ करोड थियो । अहिले चल सम्पति बढेर ५ सय ४० करोड पुगेको छ ।

उनीहरूसँग ६२ करोडको गहना, १३ करोडका १२ वटा गाडीहरु रहेको छ । भने जयाको लखनउमा १.२२ हेक्टर खेतीयोग्य जमीन छ जसको मूल्य २ करोड २० लाख बराबर पर्छ । साथै अमितावको तीन एकडको प्लट छ जसको मूल्य ५ करोड ७० लाख बराबर पर्न जान्छ ।