नारायण धितालको स्वरमा ‘दाउरा उपहार’ सार्वजनिक(भिडियो सहित)

चेतन सापकोटाको एकल संगीत, अर्जुनरत्न भिखारीको एकल शब्द र नारायण धितालको एकल स्वरमा नयाँ एल्बम ‘जय माया प्रेम’ सार्वजनिक भएको छ ।

सार्वजनिक भएको एल्बममा चार गीत समावेश गरिएको छ । एल्बममा ‘दाउरा उपहार’, ‘जरुवाको पानी साह्रै मीठो’, ‘बिहे गरी लाने हो’ र ‘चिसोचिसो मन्दमन्द बतास’ बोलको गीत रहेका छन् ।

एल्बममा समावेश पहिलो ‘दाउरा उपहार’ बोलको गीत युट्युबमार्फत् सार्वजनिक भएको छ । निकेश खड्काले निर्देशन गरेका गीतको भिडियोमा गीतकार अर्जुनरत्न र प्रियंका कार्कीको अभिनय रहेको छ।

हेर्नुहोस भिडियो :