आजबाट नीता र सरोजको पंचायत हल हलमा

काठमाडौँ. अभिनेत्री निता ढुंगानाको दमदार अभिनय रहेको चलचित्र पंचायत आजबाट देशभर प्रदर्शन हुदैछ २०३१ सालतिरको एउटा गाउँको कथा पंचायतले बोल्छ । त्यो बेलाको पंचायती शासनमा गाउँमा सबैले मान्ने मुखियाको न्याय निसाफमा चलचित्र केन्द्रित छ ।

अनि सामाजिक विषयबस्तु, पहिलो महिनावारी हुँदाको महिलाका अबस्था तथा अन्य सामाजिक रीतिथिति र संस्कृतिलाई पंचायतले उजिल्याउन खोजेको छ । गिरीका अनुसार मुख्यगरी राजनीतिक नेताहरुले हेरे भने चलचित्र उद्योगको विकासमा पनि सहयोग पुग्छ भन्ने पनि अर्को उद्देश्य हो ।

VIP शोको प्रतिक्रिया हेर्नुस :

 

अमेरिकामा २१७ वटा चलचित्र मध्ये उत्कृष्ट चलचित्र अर्वाड र उत्कृष्ट नायिकाको अवार्ड पाएकाले पनि यो चलचित्र ऐतिहासिक हो भनेर भन्न सकिन्छ । झोलापछिको सामाजिक विषय समेटिएको यो चलचित्रले कमेडियन फिल्म निर्माणको क्रम चलिरहेका बेलो एउटा क्रम भंग गर्नेमा विश्वस्त छन् निर्माताहरु ।

ग्रामिण कथा र पुरानो संस्कृति झल्काउने चलचित्र पंचायतको लेखन तथा निर्देशन शिवम अधिकारीले गरेका हुन् । गणेश गिरिको प्रस्तुति रहेको यस चलचित्रलाई सुशान्त श्रेष्ठ र शंकर सुवेदिले निर्माण गरेका हुन् ।सञ्चारकर्मी रबि अधिकारी चलचित्रका कार्यकारी निर्माता रहेका छन। चलचित्रमा टंक बुढाथोकि संगीत ,रामेश्वर कार्कीको छायांकन तथा बिपिन मल्ल सम्पादन रहेको छ ।