सुपर गोर्खे को अफिसियल ट्रेलर सार्वजनिक

बैशाख ७ गतेदेखी प्रदर्शनमा आउने फिल्म सुपर गोर्खे को प्रोमो रिलिज भएको छ । नायिका ऋचा सिंह ठकुरीको निर्माण तथा अभिनय रहेको फिल्मको प्रोमोमा कमेडी संवाद र द्धन्द्धका दृश्यहरु समावेश छन् । राज थापा निर्देशित फिल्मको प्रोमो यस्तो बनेको छ ः

अबिर हाउस प्रा.लिको प्रस्तुती रहेको सुपर गोर्खे मा ऋचा सहित सुरज सिंह ठकुरी, निराजन लुईंटेल, भुपेन्द क्षेत्री, सचिन केसी, कामना भुजेल, भानु डेभिड विष्ट लगायत कलाकारहरुको अभिनय रहेको छ । किरण माइकलको लेखन रहेको फिल्ममा चन्द्र पन्तको द्धन्द्धन निर्देशन छ । विवाह पछि ऋचा फिल्म निर्माणमा फर्किएकी हुन् ।