वर्ष व्यक्ति सम्मानबाट सम्मानित ‘धुर्मुसु’ र ‘सुन्तली’

समाजसेवा तथा टेली सिरियलबाट चर्चामा रहेका हाँस्य कलाकार जोडी सिताराम कट्टले ‘धुर्मुसु’ र कुन्जना घिमिरे ‘सुन्तली’ फिल्मी खबर वर्ष व्यक्ति सम्मानबाट सम्मानित भएका छन् ।
फिल्मी खबर साप्ताहिकले बिहिबार राजधानीमा आफ्नो नवौं वार्षिक उत्सबको अवसर पारेर आयोजना गरेको कार्यक्रममा बरिष्ठ संगतिकार शम्भुजितले यी दुइलाई सम्मान गरेको छन् ।
कार्यक्रममा चैत्यदेखि, निर्माता कलाकार केसब भट्टराइ, कलाकार निर्देशक मोहन निरौला, बितरक निर्माता माधव वाग्ले, नायिका नीरु खड्का, खुस्बु खड्का लगायहरु सहभागी रहेको थियो ।
सम्मानित सुन्तलीले निकै खुशी हुदै भनिन् ‘ सम्मानले अगाडी बढ्नको लागि थप उर्जा दिएको छ ।’भने धुर्मुसले सामाजिक अभियानमा सम्पूर्ण कलाकारकारिता क्षेत्रकै प्रतिनिधिको रुपमा आफु अघि बढेको बताएका छन् ।