फिल्म ‘पानीपत’को फर्स्ट लुक बाहिरिए सँगै चर्चामा कृति सेनन

आशुतोष गोवारिकरको फिल्म ‘पानीपत’को फर्स्ट लुक बाहिरिए सँगै यसलाई दर्शकले निकै रुचाएका छन् । फिल्ममा अर्जुन कपूर, संजय दत्त, कृति सेनन मुख्य भूमिकामा देखिने छन् ।
भारतीय दैनिकका अनुसार, फिल्म ‘पानीपत’को तेस्रो लडाईको बारेमा रहेको छ । जुन मराठा र अफगानको बिचमा १७६१ मा भएको थियो ।

फिल्ममा अर्जुन कपूर मराठा आर्मीको ली़डर सदाशिवराव भाऊको भूमिकामा रहेका छन् । भने संजय दत्त मुख्य प्रतिद्वंदी अहमद शाह दुर्रानीको भूमिकामा रहेका छन्, जसको नेतृत्वमा अफगानले जित प्राप्त गरेको थियो । फिल्मको बारेमा पहिला यो खबर पनि बाहिर आएको थियोकी, फिल्ममा रणवीर सिंह र अर्जुन कपूरको मुख्य भूमिका रहने छ । तर यस्तो भने हैन ।