आकर्षणको केन्द्र बनेको थियो पल र आचलको जोडि

प्रचारप्रसारलाई व्यापक बनाउदै साङितिक कार्यक्रम सहित देश दौडाहामा निस्केको ‘सत्रुगते’ टीमले सुनसरीको ईटहरीमा आएर सो यात्राको बिट मारेको छ । टीममा हरि बंश आचार्य, दीपा श्री निरौला, किरण केसि, शिबहरी पौडेल, जुनु रिजाल, पल शाह, आचल शर्मा लगायत समाबेश थिए । ईटहरीम मुख्य आकर्षणको केन्द्र बनेको थियो पल र आचलको जोडि ।

म्युजिक भिडियो देखि लिएर फिल्ममा समेत संगै देखिएका पल र आचललाई आफ्नै अगाडि पनि संगै देख्न पाउँदा आम दर्शकहरू मक्खै थिए । आफ्नो मोबाईलमा पल र आचल संगै सेल्फी खिच्न आतुर दर्शकहरू कार्यक्रमको अन्त्यमा स्टेजबाट ओर्लिन निकै बेर लाग्यो । दुबै जना स्टेजबाटै दर्शकको मोबाईल लिएर आफैले सेल्फी खिचिरहेका थिए । स्टेजबाट ओर्लि सकेपछि गन्तव्य सम्म पुर्याउनलाई सुरक्षाकर्मिले निकै समस्या झेल्नु परेको थियो ।
फिल्म सत्रुगते यहि चैत ९ गतेबाट प्रदर्शनमा आउदैछ ।