नवाज़ुद्दीन सिद्दीकी माथि सीडीआर घोटालामा पत्नीको जासूसी गरेको आरोप

बलिवुड नायक नवाज़ुद्दीन सिद्दीकी माथि सीडीआर घोटालामा आफ्नी श्रीमतीको जासूसी गरेको आरोप लागेको  छ ।

उनको श्रीमती आलियाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर नवाजुद्दी विरुद्ध लागेको आरोपको खण्डन गरेकी छन् ।

उनि भन्छिन ‘मीडियामा जुन समाचार आइरहेका छ त्यसबाट हामी हैरान भएका छौँ’, ‘पहिला पनि मेरो र नवाजका बारेमा अनर्गल समाचार आइरहेका थिए । हामीबीच डिभोर्स भएका समाचार पनि आए । हामीविरुद्ध फेरि अनर्गल समाचार आएको छ । त्यसमा सत्यता छैन ।’

पछिल्ला दिन नवाजको बायोग्राफीलाई लिएर भने निकै आलोचना भइरहेको थियो ।