छोरामाथि केस दर्ता भए सँगै उदित नारायण झा अस्पतालमा भर्ना

गायक उदित नारायण झाको स्वास्थ्य समस्या आएको छ ।

भारतीय मिडियाका अनुसार, ६२ वर्षीय झाको युरिन इन्फेक्सन र उच्च मदुमेहका कारण स्वास्थ्य बिग्रिएपछि उनलाई मुम्बईस्थित एक अस्पतालमा भर्ना गरिएको छ ।

झा पछिल्लो समय दुई तरिकाबाट मदुमेहको शिकार बनेका छन् । एक महिनाअघि मात्र उनलाई ग्लुकोजको मात्रा बढी भएर अस्पतालमा भर्ना गरिएको थियो ।

डाइबिटिजक साथै झालाई उच्च रक्तचाप भएको कारण उनलाई युरिन इन्फेक्सनको समस्या देखिएको हो ।