‘मेरो लमजुङ घर’भन्दै आए गायक रोशन कुताल क्षेत्री र सुनिता अधिकारी

लमजुङका चर्चित कलाकारहरु रोशन कुताल क्षेत्री र सुनिता अधिकारीको स्वर रहेको नयाँ लोक दोहोरी ‘मेरो लमजुङ घर’ बोलको गीत सार्वजनिक भएको छ ।

बुधबार युट्युवमार्फत सार्वजनिक गरिएको ‘मेरो लमजुङ घर’ बोलको दोहोरी गीत निकै पृथक रहेको छ । रिना थापा मगर र विवेक खड्काको अभिनय रहेको यो गीतमा गायक कुताल र गायिका अधिकारीको आकर्षक नृत्य समेत रहेको छ ।

गीतमा रमेश बिजीको शब्द र गायक कुतालकै लय रहेको गीत गत शनिबार काठमाडौँमा छायांकन सम्पन्न गरिएको थियो । शिव विश्वकर्माले निर्देशन गरेको गीतलाई शम्भु चालिसेले खिचेका हुन् ।

लमजुङ र दाङप्रतिको माया दर्साइएको यो गीतलाई दर्शक स्रोताले अत्याधिकमात्रामा मन पराउने गायक कुताल र गायिका अधिकारीको विश्वास गरेका छन् ।

हेर्नुहोस भिडियो: