रुपको प्रशंसा गर्दै गायक रामकृष्णले ल्याए नयाँ गीत ‘रुपैको धाक नलाउ’ (भिडियो सहित)

नेपाली सांगितक क्षेत्रमा विगत १२ वर्ष देखी निरन्तर क्रियाशिल रहेका गायक रामकृष्ण श्रेष्ठले नयाँ लोक पप गीत ‘रुपैको धाक नलाउ’ बजारमा ल्याएका छन् । नयाँ पुस्ताको जन–जिब्रोमा निस्कने रुपको प्रशंसालाई गीतमा समेटिएको गायक श्रेष्ठले बताए ।
गीतमा गायक श्रेष्ठसंगै मिलन अमात्यको आवाज रहेको छ । भने अम्बिका गुरुङको शब्द, अशुसेन लामाको संगित रहेको उक्त गीतलाई शुक्रबारदेखी बजारमा ल्याइएको छ । गीतको म्युजिक भिडियोमा शिवदास गुरुङ, अस्मिता राना मगर, बिनिता तामाङ लगायतले अभिनय गरेका छन् ।

हेर्नुहोस भिडियो: