पुर्न:चाम्सको रोजाईमा प्रदिप आखिर किन

फिल्म ‘लिलिबिली’ निर्देशक मिलन चाम्सले नयाँ फिल्म ‘सोलीडोली’को  निर्देशन गर्ने भएका छन् ।

जसको लागि फिल्मको मुख्य पात्र(नायक)का रुपमा प्रदिप खड्कालाई राखिएको खबर बाहिर आएको छ । भने चाम्स अहिले फिल्मका लागि नायिकाको खोजीमा रहेका छन । फिल्मको छायांकन भने आगामी भदौबाट हुने जानकारी प्राप्त भएको छ ।

साथै चर्चित निर्देशक मिलन चाम्स निर्देशित फिल्म ‘लिलिबिली’ आउँदो चैत ३० गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

फिल्मको गीत र ट्रेलर भने पहिलानै सार्वजनिक भइसकेको छ र सार्वजनिक भए सँगसँगै  यसको चर्चा निकै बढिरहेको छ । फिल्म रिलिज अगावै यति धेरै चर्चामा आएको फिल्म ‘लिलिबिली’ले अब रिलिज भएपछी फिल्मले कस्तो प्रतिक्रिया प्राप्त गर्छ त ? त्यसको लागि भने हामीले चैत ३० सम्म कुर्ने पर्ने हुन्छ ।