‘वीर विक्रम’को सिक्वेलमा नायिका वर्षा सिवाकोटी

फिल्म‘वीर विक्रम’को सिक्वेलमा नायिका वर्षा सिवाकोटी फाइनल भएकी छिन् ।
मिलन चाम्सको निर्देशन रहेको ‘वीर विक्रम’मा दयाहाङ राई, दिया पुन र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको थियो । भने ‘वीर विक्रम’को सिक्वेललाई पनि पुर्न मिलन चाम्सले नै निर्देशन गर्दैछन । फिल्ममा दयाहाङ राई, अनुप विक्रम शाही, अर्पण थापा, नाजिर हुसेन लगायतका कलाकार पुर्न दोहिरिनेछन् । भने यो फिल्मको छायाङ्कन आगामी जेठबाट सुरु हुने निर्माण पक्ष्यले जनाएका छन् ।